सरकार–विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो


१९ फाल्गुन २०७७, बुधबार
barta 1

काठमाडौं, १९ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्जको भूमिगत नेपाल कम्युनिष्ट पार्टीबीच औपचारिक वार्ता अगाडि बढेको छ । आज (बुधबार) दुबै टोलीबीच विहान पहिलो चरणको वार्ता भएको छ ।

वार्ता स्थान गोप्य राखिएको छ । स्रोतले भन्यो, ‘आजको वार्ता सकिएको छ, उहाँहरु फेरि बस्ने गरी उठ्नु भएको छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा करीब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए ।

सरकारले हिजो मात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७