विराटनगर मनपामा राजश्व संकलन अनलाइनबाट


१९ फाल्गुन २०७७, बुधबार
14 Shares

मोरङ, १९ फागुन । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गरे ।

उनले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवा सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७