नेकपा एकता अभियानका पक्षमा गैंडाकोटमा कमिटी


१९ फाल्गुन २०७७, बुधबार
84 Shares
kp oli prachanda madhav

नवलपुर, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएपछि अर्को एक समूहले मध्यमार्गी बाटो अपनाउँदै राष्ट्रिय एकतामा जोड दिएको छ । मङ्गलबार गैंडाकोटमा भेला भएका अभियानका केन्द्रीय सदस्य यदु सिग्देललगायत नेकपाका नेताहरुले कम्युनिष्ट पार्टी एक हुनुपर्ने बताए ।

सो अवसरमा मध्यमार्गी वामदेव गौतम समूहका पक्षमा गैंडाकोटमा १७ सदस्यीय नगरस्तरीय कमिटी गठन गरिएको छ । नेकपा राष्ट्रिय एकता अभियानका संयोजकमा बाबुराम खनाल र सचिवमा नेत्रप्रसाद अधिकारीलाई चयन गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

झलककाजी पौडेलका अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राष्ट्रिय एकता अभियान केन्द्रीय कार्यसम्पादन कमिटी सदस्य एवं नवलपुर जिल्ला इञ्चार्ज दुर्गा भण्डारीले पार्टी विखण्डन आफूहरुलाई स्वीकार्य नहुने जनाउँदै सबै कम्युनिष्टबीच एकता हुनुपर्ने बताए ।

एकता पक्षको जिल्ला कमिटी आज गठन गरिने जनाइएको छ । यसअघि जिल्लाका कावासोती र मध्यविन्दु नगरपालिकामा समेत अभियानअन्तर्गत एकता अभियानको कमिटी गठन भइसकेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७