कांग्रेस संसदीय दलको बैठक शुक्रबार, सांसदहरुलाई उपत्यका बाहिर नजान निर्देशन


१९ फाल्गुन २०७७, बुधबार
congress samsadiya dal

काठमाडौं, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनस्र्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

अब शुरु हुने संसद अधिवेशनबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रिया शुरु हुनेछ । प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसको भूमिका निर्णायक हुने हुँदा कांग्रेसले के निर्णय गर्छ भनी सबैको चासो छ ।

यसैबीच नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई अहिले काठमाडौं नछाड्न निर्देश दिएको छ । फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७