ताप्लेजुङका आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईकाे पाँच लाख सहयोग


१९ फाल्गुन २०७७, बुधबार
Taplejung

काठमाडौं, १९ फागुन । ताप्लेजुङको दोभान बजारमा भएको आगलागी पीडितलाई पूर्वमन्त्री योगेश भट्टराईले व्यक्तिगत रुपमा पाँच लाख सहयोग गर्ने भएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले व्यक्तिगतरुपमा पाँच लाख सहयोग दिएका हुन् ।

मंगलबार बिहान भीषण आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका छन् । पीडितको उद्धारका निम्ति भट्टराईकै संयोजकत्वमा राहत संकलन समिति बनाइएको छ । काठमाडौंमा बस्नेहरु रहेको राहत संकलन समिति गठन गरिएको हो । यो समितिले आगलागी पीडितहरुको पुनर्स्थापनाका लागि पहल गर्ने भएको छ ।

आजै भट्टराई सहितको टोली गृहमन्त्रालय पुगेर पुनर्स्थापनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । पूर्वमन्त्री भट्टराईले आगलागी पीडितहरुलाई पनि भूकम्प पीडित सरह राहतको व्यवस्था गर्न माग गरे ।

भट्टराईको मागमा गृहमन्त्री थापाले सकारात्मक रहेको प्रक्रिया दिएका छन् । गृह मन्त्रालयले स्थानीय प्रशासनमार्फत् जनही १५ हजारका दरले राहत दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७