पेरिसडाँडामा नेकपा केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं, १९ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सकिएर लगतै केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।
बिहान साढे ११ बजे शुरु भएको स्थायी समिति बैठक केहीबेरअघि सकिएर अहिले केन्द्रीय समिति बैठक शुरु भएको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिएका छन् । नेकपाले आजको बैठकमा पनि नागरिकता र परिचयपत्र साथमै लिएर आउन निर्देशन दिएको थियो ।
नेकपाले आजै (बुधबार) बहुमत केन्द्रीय सदस्यको नागरिकता र पार्टीले जारी गरेको परिचय पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा वैठक बस्ने तयारी भइरहेका बेला नेकपाले आफू प्रस्तुत हुने रणनीतिबारे छलफल गर्न वैठकहरु गर्दै आइरहेको छ ।