३४ किलो गाजाँसहित पक्राउ परेका दुई जना प्रहरीद्वारा सार्वजनिक


१९ फाल्गुन २०७७, बुधबार
336 Shares
DSP Shyam Rai

म्याग्दी, १९ फागुन । म्याग्दीको मालिका गाउँपालिकाबाट झण्डै ३४ किलो गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिकाका ६३ वर्षीय हर्कबहादुर रोका र सोही गाउँपालिकाका प्रेमबहादर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

रोकालाई फागुन १७ गते पक्राउ गरेको हो भने पुनलाई १३ गते पक्राउ गरेको थियो । फरक मितिमा दुबै पक्राउ परेका उनीहरुलाई प्रहरीले मंलबार सार्वजनिक गरेको छ । म्याग्दी प्रहरीले रोकाको घरमा छापा मार्दा २० किलो ९ सय ग्राम गाँजा लुकाएर राखेको अवस्थामा बरामद गरेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै पुनले गोठमा लुकाएर राखेको अवस्थामा प्रहरीले छापा मारी १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए । प्रहरी नायव उपरीक्षक राईले लकडाउनपछिको खुकुलो वातावरणको फाइदा उठाउँदै तस्करहरु सक्रिय भएको पाइएको बताएकाछन् । ‘कोरोनाले लामो समय लकडाउन भयो तस्करहरुले आफ्नो गतिबिधि गर्न पाएनन् अहिले खुकुलो भएको छ, त्यसैले फेरि तस्करहरु सल्बलाउन थालेका छन्’ राईले भने, ‘हामी यस्ता अबैध धन्दा गर्नेहरु कसैलाई छाड्दैनौ, बिस्तारै सबैलाई कानुनी कारबाहीमा ल्याएरै छाड्छौं ।’

पक्राउ परेका दुबैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाई सकिएको उनले जानकारी दिए ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७