चिडियाखाना अवलोकनमा प्रधानमन्त्री : चिम्पान्जीलाई भने, ‘ओ काले’ (फोटो फिचर)


१९ फाल्गुन २०७७, बुधबार
kp oli6 cover1 20210303130549

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) ललितपुरको जावलाखेलस्थित चिडियाखाना अवलोकन गरेका छन् । बुधबार जावलाखेल पुगेर ओलीले चिडियाखानाको अवलोकन गरेका हुन् ।

विश्व वन्य जन्तु दिवसका अवसरमा चिडियाखाना पुगेका प्रधानमन्त्रीले रुचीपूर्वक वन्यजन्तु र चराचुरुङ्गी अवलोकन गरेका छन् । वन्तजन्तुको अवलोकन गर्दै भालु भएका ठाउँमा पुगेर प्रधानमन्त्रीले ‘ओ भालु, एता हेर…ओ भालु उता हेर..’ भन्दा उनीसँगै गएका सबै हाँसेका थिए ।

वन्यजन्तुलाई रोचक ढंगले बोलाएका प्रधानमन्त्री ओलीले चिपान्जी भएको ठाउँमा पुगेर, ‘ओ काले, ओ काले…’ भन्दै बोलाए । चिडियाखाना प्रवेश गरे लगत्तै प्रधानमन्त्रीलाई हात्तीले स्वागत गरेको थियो । आफूलाई स्वागत गर्ने हात्तीलाई उनले फलफूल खुवाएका थिए । ओलीले केरा र स्याउ खुवाएर हात्तीलाई खुशी बनाएका थिए ।

अवलोकनसँगै प्रकृति संरक्षण कोषका संरक्षक समेत रहेका ओलीले चिडियाखाना परिसरमा प्रतिस्थापन गरिएको शिलापत्र समेत अनावरण गरेका छन् । २०५२ साल पुस १४ गते स्थापना भएको सदर चिडियाखानाको व्यवस्थापन गर्ने जिम्मा राष्ट्रिय प्रकृति संरक्षण कोषले प्राप्त गरेको २५ औं वर्ष पुगेको अवसरमा बुधबार विशेष कार्यक्रम गरिएको हो ।
हेर्नुस् तस्विरहरु

zoo
zoo1
zoo 2
zoo 3
zoo 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७