२०७७ फागुन २० गते बिहीबारको तपाईको राशिफल


प्रकाशित मिति : March 4, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभ समाचार सुन्न पाइएला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । मनोरञ्जनमा सहभागी भईनेछ । शिक्षामा सफलता मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज राजनीति अधिकारमा सफलता मिल्न ेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । कूटनीतिक नियोगको सहयोग मिल्ला । व्यापार व्यवसायमा भने औसत लाभ नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रेमीको सहयोग प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । स्वास्थ्यमा सुधार आउला । वित्तीय संस्थाबाट सहयोग पनि पाईने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगानीको वातावरण बन्ने छ । मुद्दा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
कला र गलाको प्रभाव बढ्ने छ । अचल सम्पती हात पर्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । शेयर बजारको कारोबार बाट पनि लाभ मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धार्मिक यात्राको योग पनि छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा शंका उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । बित्तीय संस्थाबाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउने छ । बन्न लागेको काम विग्रन सक्छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्