धोबीखोला करिडोर निर्माणको दुई दशक : ३ अर्ब सकियो, काम सकिएन


२० फाल्गुन २०७७, बिहीबार
28 Shares
dhobikhola

काठमाडौं, २० फागुन । काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्माण सुरु गरिएको धोबीखोला करिडोरको काम झण्डै दुई दशकमा पनि सम्पन्न हुन सकेको छैन ।

खोलाको दुवैतिर गरी कुल २४ किलोमिटर लम्बाइ रहेको यस करिडोरको निर्माण २०५८ सालदेखि सुरु भएको हो । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापको व्यवस्थापन तथा सहरी विकासका लागि विभिन्न उपाय खोज्दै जापान सहयोग नियोग (जाइका) ले सन् १९९३ मा गरेको अध्ययन प्रतिवेदनको सुझाव अनुसार २०५८ देखि यो आयोजना सुरु गरिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

झण्डै दुई दशकको अवधिमा अहिलेसम्म आयोजनाको ट्र्याक खोल्ने काम पनि सम्पन्न हुन सकेको छैन । ट्रयाक खोल्ने काम अझै दुई प्रतिशत बाँकी रहेको छ । अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ७० प्रतिशत रहेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासी वर्षायाममा हिलो र हिउँदमा धुलो खान बाध्य भएका छन् भने आयोजनाको सुरुका वर्षमा निर्माण गरिएका संरचना समेत ठाउँठाउँमा भत्किन थालेका छन् ।

सो करिडोर निर्माणको जिम्मा पाएको सहरी विकास मन्त्रालय अन्तर्गतको उपत्यका विकास प्राधिकरणका प्रमुख विकास आयुक्त भाइकाजी तिवारी बजेटको अभाव तथा ठाउँ ठाउँमा जग्गा विवादका कारण आयोजनाको काम आशा गरेअनुसार अगाडि बढ्न नसकेको बताउँछन् ।

jagdamba.cement
rbbbb

आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण काम सम्पन्न हुने उनको दाबी छ ।
आयोजनाका अनुसार अहिलेसम्म यो करिडोर निर्माणको शीर्षकमा दुई अर्ब ८९ करोड ९० लाख रुपियाँ खर्च भइसकेको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७