बार्सिलोना कोपा डेल रेको फाइनलमा


२० फाल्गुन २०७७, बिहीबार
21 Shares
thumb 2

काठमाडौं, २० फागुन । बार्सिलोनाले बुधबार सेभियालाई ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित सेभियाविरुद्धको यो जितपछि बार्सिलोना समग्रमा ३–२ ले अगाडि रह्यो ।

बार्सिलोना यसअघि पहिलो लेगमा २–० ले पराजित रहेको थियो । दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्धारित समयको इन्जुरी समयमा जेरार्ड पिकले बराबरी गोल गरे । अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ । एजेन्सी

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७