देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक


२० फाल्गुन २०७७, बिहीबार
Congress Padadhikari meeting

काठमाडौं, २० फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) दिउँसो बस्दैछ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । हिजो चितवन पुगेर सभापति देउवाले प्रधानमन्त्रीको प्रस्ताव आए जिम्मेवारीबाट पछि नहट्ने अभिव्यक्ति दिएका थिए । केहि दिनअघिसम्म सरकार गठनका लागि नेकपा फुट्नु पर्ने बताउँदै आएका देउवा अहिले जिम्मेवारीको प्रस्ताव आए कांग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउन थालेका छन् ।

उनले कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव आए नयाँ सरकार गठन गरेर अघि बढ्न सकिने संकेत दिएका छन् । तर, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेस प्रतिपक्षमै बस्नु पर्ने बताइरहेका छन् । प्रधानमन्त्री बन्ने दाउमा रहेका देउवा भने कांग्रेस सरकारको नेतृत्वमा गए नेकपा पनि फुट्ने र पार्टी समेत सरकारको नेतृत्व गर्ने तहमा पुग्ने तर्क गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७