विप्लव समूह र सरकारबीच तीन बुँदे सहमति, सबै बन्दीको रिहाइ र मुद्दा खारेज (विज्ञप्तीसहित)


२० फाल्गुन २०७७, बिहीबार
Biplaw sahamati

काठमाडौं, २० फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भूमिगत नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुवै पक्षले प्रेस विज्ञप्ति जारी गरी सहमति पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन् ।

f986949fa6cbcb6837159300124b8b53 w1000 h500 cp

उक्त सहमतिमा नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यामबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण तरिकाबाट गर्ने र नेपाल सरकारका तर्फबाट नेकपामाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्नेलगायतका विषयमा हस्ताक्षर भएको छ ।

सहमतिको विस्तृत विवरण यहि फागुन २१ गते विशेष समारोहका बीच हुने जनाइएको छ । उक्त समारोहलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

3 point deal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७