नेकपाले केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलायो


२० फाल्गुन २०७७, बिहीबार
Perishdanda 2

काठमाडौं, २० फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना केन्द्रीय सदस्यहरु पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ ।

हिजो (बुधबार) मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार) फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई पेरिसडाँडा बोलाएको हो । ‘परामर्श’ का लागि आज दिउँसो १२ बजे काठमाडौं उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिएका छन् ।

समसामयिक विषयमा परामर्शका लागि भनिए पनि विषय प्रष्ट पारिएको छैन । नसोचेको रुपमा विकसित भइरहेका पछिल्ला राजनीतिक घटनाक्रमले अबको नेपालको राजनीतिक कसरी अगाडि बढ्छ भन्ने कुरा आम नेपालीको चासोको विषय बन्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७