केपी ओलीलाई मधेसमा पस्न नदिए हुन्छ, आयोजनाको पानी पस्न नरोक्नू : प्रधानमन्त्री


२० फाल्गुन २०७७, बिहीबार
kp oli 5

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा आफूलाई पस्न नदिए पनि आयोजनाको पानी पस्न नरोक्न आग्रह गरेका छन् ।

आज (बिहीबार) सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै ओलीले आयोजनाको पानी नरोक्न प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलाई आग्रह गरेका हुन् ।
‘केपी ओली भनेको मधेसविरोधी भनेर मधेसमा पस्न नदिने भन्थे । केपी ओली नपसे पनि पानी चाहिँ पठाइ दिन्छ । खेत भिजाइदिन्छ’, उनले भने । उनले मधेसका सुक्खा खेतलाई चिसो बनाउने बताए ।

मुख्यमन्त्रीमार्फत् सन्देश पठाउने बताउँदै उनले भने, ‘मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ । तर, पानी पस्न नरोक्नु होला ।’ उनले मधेसी जनताले यो कुरा बुझिसकेको बताउँदै आफूलाई कुनै हतारो नभएको बताए । उनले तराईका भूमिमा सिँचाइ पुर्‍याएपछि आफ्ना लागि मधेस पस्न कुनै दल नचाहिने जनताले नै स्वागतका लागि गेट बनाउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७