कर्णाली करिडोरमा फेरि आयो ‘फेरी’


२० फाल्गुन २०७७, बिहीबार
feri

कालिकोट, २० फागुन । कर्णाली करिडोर जोड्ने कायलिकोटको जितेगडास्थित कर्णाली नदीको यातायातका साधन सञ्चालनका लागि फेरी सञ्चालनमा आएको छ । वर्षाका कारणले गत असारमा बन्द फेरी पुनः सञ्चालनमा ल्याइएको हो ।

सवारीसाधन तार्न कठिनाइ भएपछि कर्णाली प्रदेश सरकारको सहयोगमा फेरी सञ्चालनमा ल्याइएको हो । जितेबजार क्षेत्रमा फेरी सञ्चालनमा ल्याइएको फेरी निर्माणको सहजीकरण गरेका स्थानीयवासी अनन्त बरालले बताए । उनले भने, ‘कर्णाली करिडोरमा चल्ने सवारीसाधनलाई आवतजावतमा समस्या भएको थियो । साना तथा ठूला सवारीसाधन ओसारपसारमा स्थानीयवासीलाई सास्ती हुने गरेको थियो ।’

पुनर्निर्माणको लागत अनुमानका आधारमा प्रदेश सरकारले भुक्तानी गर्नेछ । सवारीसाधन ओसारपसार गर्नका लागि पहिला सञ्चालनमा आएको फेरी कर्णाली नदीमा गत वर्ष असारको अविरल वर्षापछि बगेकाले नौ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

कर्णाली करिडोरमा गाडी सञ्चालन गर्नुपरेमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हुँदै कालिकोटसम्म गाडी भित्र्याउनुपर्ने अवस्था थियो । जिते बजारबाट बग्दै गएको कर्णाली नदीमा फेरी सञ्चालनमा आएपछि यातायातका साधन आवतजावतमा सहजता हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७