कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु


२१ फाल्गुन २०७७, शुक्रबार

कञ्चनपुर, २१ फागुन । कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक भारतीयको ज्यान गएको छ ।

बेलौरी नगरपालिका–७ पौलाहामा सीमा क्षेत्रमा गस्ती गरिरहेको प्रहरीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । इलाका प्रहरी कार्यालयको टोलीले नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको थियो ।

प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीयको मृत्यु भएको हो । मृतक भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह छन् । मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ४ जना तस्करले प्रहरीमाथि गोली चलाएका थिए । एक प्रहरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७