साउन–भदौमा आउनुपर्ने मल फागुनमा आयो


२१ फाल्गुन २०७७, शुक्रबार
chamal

काठमाडौं, २१ फागुन । गत भदौ साता सिजनमै रासायनिक मलको अभाव चुलिएपछि नेपाल र बंगलादेशका दुई प्रधानमन्त्रीबीच पैंचोमा मल ल्याउन छलफल भयो ।

छलफलमा पौंचोमा मल ल्याउने मौखिक सहमति समेत भयो । तर दुई महिनापछि बंगलादेश मैखिक सहमतिबाट पछि हटेपछि कात्तिक २४ को मन्त्रिपरिषद् बैठकले जीटूजीमार्फत ल्याउने निर्णय गर्‍यो ।

त्यसपछि मंसिर १८ मा बसेको मन्त्रिपरिषद बैठकले पुनः जीटुजीमार्फत खरिद गर्ने निर्णय गरेपछि पुसमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ठ्रस्ट्रिज कर्पोरेसनका अध्यक्ष महमद एमिन उल अहसनले सम्झौतापत्रमा हस्ताक्ष्र गरे ।

जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता भएपछि बंगलादेशबाट मल आयात प्रक्रिया सुरु भएको छ । बंगलादेशबाट पहिलो लटको मल कोलकोतामा आइपुगेको कृषि सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

अब दुई तीन दिनमा नेपाल आइपुग्ने उनले बताए । बंगलादेशको मल आउँदै छ केही आइसकेको छ । आजभोलिमा पनि आइपुग्दै छ, बिहीबर मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलबमोजिम साउन भदौमै आइसक्नुपथ्र्यो ।

आयात प्रक्रिया मिलाउँदा केही ढिला भयो । बजारमा मलको हाहाकार भएपछि मन्त्रालयले साउन भदौमै नेपाल आइपुग्ने गरी आपत्तकालीन अवस्थामा मल ल्याउन खोजेको थियो । तर सिजनमा ल्याउन सकेन । ६ महिनापछि आयात भइरहेको मलमा भने मन्त्रालयले प्रगति देखेको छ ।

कोलकताबाट मल हिडिसकेको छ, केही लट आजभोलि नै आउँछ । मलको मौज्दात पर्याप्त रहेकाले १० १२ दिन ढिलाइ हुँदा केही समस्या छैन, सचिव कार्कीले भने, मल आयो, यही नै सुखद पक्ष हो । ६ महिनापछि सफल भएका छौं । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७