पक्राउ गरिएका नेता–कार्यकर्ता रिहा गर्न गृहको निर्देशन : १२३ नेता-कार्यकर्ता जेलमा र १८ हिरासतमा

प्रतिबन्धयता १६ को मृत्यु


२१ फाल्गुन २०७७, शुक्रबार
35 Shares
griha home

काठमाडौं, २१ फागुन । मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गरेसँगै गृह मन्त्रालयले पक्राउ परेका नेता–कार्यकर्ता रिहा गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । उनीहरूलाई शुक्रबारदेखि रिहा गरिनेछ ।

गृहको निर्देशन जिल्ला प्रशासन कार्यालयको आदेशमा कारागार तथा हिरासतमा रहेकाहरूको हकमा मात्रै लागू हुनेछ । यसअनुसार प्रहरी हिरासतमा रहेका १८ जनालाई शुक्रबार छाड्ने सरकारको तयारी छ । उनीहरू सबैको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाएर छाड्ने तयारी भइरहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अदालतबाट मुद्दा चलेकाहरूलाई भने कानुनी प्रक्रिया पूरा गरेर मात्रै छाडिनेछ । सरकारले कागजी प्रक्रिया मिलाउन सहयोग गर्ने गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘अदालतबाट मुद्दा चलेकाको हकमा गृहको निर्देशन लागू हुँदैन । छुट्नका लागि कानुनी प्रक्रिया पूरा गर्नैपर्छ, त्यसका लागि सरकारले आवश्यक सहयोग गर्छ,’ उनले भने, ‘त्यसैले रिहा गर्ने काम केही दिन लम्बिन सक्छ ।’

सरकारले २८ फागुन ०७५ मा विप्लव नेकपामाथि प्रतिबन्ध लगाएयता दुई हजार १३ नेताकार्यकर्ता पक्राउ परेका थिए । एक सय २३ जना अहिले पनि विभिन्न मुद्दामा जेलमा छन् । त्यस्तै, १८ जना अहिले प्रहरी हिरासतमा छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले प्रतिबन्धपछि पक्राउ परेकामध्ये एक हजार सात सय ८७ जना मुद्दा दायरपछि छुटेको बताए ।

jagdamba.cement
rbbbb

त्यस्तै, ८५ जनालाई साधारण सोधपुछपछि छाडिएको थियो । त्यस्तै, प्रतिबन्धपछि प्रहरी कारबाही र आन्तरिक दुर्घटनामा १६ नेताकार्यकर्ताले ज्यान गुमाएका छन् । यसबीचमा सबैभन्दा धेरै लुम्बिनी र गण्डकी प्रदेशबाट पक्राउ परेका छन् ।

लुम्बिनीबाट तीन सय ६७ र गण्डकीबाट तीन सय ५९ नेताकार्यकर्ता पक्राउ परेका थिए । प्रहरी प्रवक्ता कुँवरले प्रतिबन्धपछि गण्डकी र लुम्बिनीमा अप्रेसन चलाइएकाले धेरै पक्राउ परेको बताए । त्यस्तै, उपत्यकाबाट तीन सय ३७ नेताकार्यकर्ता पक्राउ परेका थिए । जसमध्ये २२ जना जेलमा बन्दी छन् । सुदूरपश्चिम प्रदेशमा दुई सय १४ र प्रदेश १ मा दुई सय ९२१ जना पक्राउ परेका थिए ।

सरकारले २९ पुससम्म विप्लवको पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन), हेमन्तप्रकाश ओली (सुदर्शन), पोलिटब्युरो सदस्य भरत बम (रणवीर), चन्दबहादुर चन्द (वीरजंग) र केन्द्रीय सदस्य भेषराज भुसाललाई समेत पक्राउ गरेको थियो ।

प्रतिबन्धयता १६ को मृत्यु
प्रतिबन्धपछि प्रहरी कारबाही र आन्तरिक दुर्घटनामा विप्लवका १६ नेताकार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरी तथ्यांकअनुसार काठमाडौं र कास्कीमा पाँच–पाँच, कैलाली र भोजपुरमा दुई–दुई तथा कालिकोट र सर्लाहीमा एक–एकजनाले ज्यान गुमाएका छन् ।

२८ फागुन ०७५ मा काठमाडौंमा भएको शृंखलाबद्ध विस्फोटमा परी एकैपटक पाँचजनाले ज्यान गुमाएका थिए । त्यस्तै, कास्कीमा पाँचजनाले पहिरोमा परी ज्यान गुमाएका थिए । बाँकी भने प्रहरी कारबाहीमा मारिएका हुन् । त्यस्तै, विप्लव पक्षबाट जनकपुर र सुनसरी एक–एकजना प्रहरी तथा मोरङमा एक शिक्षक गरी तीनजनाको हत्या भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७