टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ को मृत्यु, दुई जना घाइते


२१ फाल्गुन २०७७, शुक्रबार
t

काठमाडौं, २१ फागुन । टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी टर्कीको एक गाउँमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जना सैनिकको मृत्यु भएका छ भने २ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कुर्दी नागरिकको जनसंख्या धेरै भएको बिट्टालिस प्रान्तको टाटवन सहर नजिकै हेलिकोप्टर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सेनाको नियमित गस्तीका बिंगोल प्रान्ततर्फ उडेको हेलिकोप्टर दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

मृत्यु हुनेमध्ये सुनाका उच्च अधिकारीसमेत रहेको बताइएको छ । सन् २०१७ मा पनि सिरिया र इराकसँगको टर्कीको सीमा क्षेत्र नजिकै दक्षिण पूर्वी सिरनाक प्रान्तमा हेलिकोप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७