लिभरपुललाई हराउँदै चेल्सी उक्लियो चौंथो स्थानमा

काठमाडौं, २१ फागुन । इङ्लिस प्रिमियर लिगमा लिभरपुल चेल्सीसँग पराजित भएको छ । बिहीबार राति भएको खेलमा लन्डन क्लब चेल्सीले लिभरपुललाई १–० ले हराएको हो ।
चेल्सीको जितका लागि मासन माउन्टले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा लिभरपुलले राम्रो पकड जमाए पनि गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । जितसँगै चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २७ खेलबाट ४७ अंक जोडेको छ ।
पराजित लिभरपुल सातौ स्थानमा झरेको छ । समान खेलबाट लिभरपुलले ४३ अंक बनाएको छ ।
गए राति नै भएको खेलमा वेस्ट ब्रुमलाई १–० ले पराजित गर्दै एभर्टन पाँचौ स्थानमा उक्लेको छ । टोटनह्यामले फुल्हामलाई १–० ले नै हराएको हो । एजेन्सी