अवैध क्यासिनोबाट २३ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ


२१ फाल्गुन २०७७, शुक्रबार
126 Shares
Juwa Tas Khal 1536x900 1

काठमाडौं, २१ फागुन । काठमाडौंको ताहाचलस्थित प्लाटिनम होटलको अन्डरग्राउण्डमा रहेको क्यासिनो सीएमजी क्लबमा अवैध रुपमा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये चार जना जुवा खेलाउने कर्मचारीहरु रहेका छन् । उनीहरुको साथबाट २२ लाख ९६ हजार ९ सय ८० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । अवैध रुपमा क्यासिनो सञ्चालनमा रहेको भन्ने गोप्य सूचनाको आधारमा वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जुवा खेल्नेहरुमा भारतको विहार मोतिहारी घर भएका रंजित कुमार जैसवाल वर्ष ३८, सोहन प्रसाद वर्ष ३५, मुमताज मिँया वर्ष ४२, भारत कलकत्ताका शेख मुर्तुजा अलि वर्ष ५०, तथा जनकपुरका राज कुमार सिंह वर्ष ३२ र बाराका टिन्कु प्रसाद वर्ष ३७ रहेका छन् ।

यस्तै, जुवा खेलाउनेहरुमा महेश मल्ल वर्ष ६२ (मेनेजर), कमल देव चौधरी वर्ष ५२ (सहायक मेनेजर), अजय यादव वर्ष २३ (एडिमिन स्टाफ) र सचिन वाग्ले वर्ष ४१ (क्यासियर) रहेको प्ररीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७