भूमिगत ‘विप्लव’ नवलपुरबाट सार्वजनिक, काठमाडौं आउँदै


२१ फाल्गुन २०७७, शुक्रबार
18abede541580607a47a4986a133ce6e w1000 h500 cp

नवलपुर, २१ फागुन । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज (शुक्रबार) बिहान सार्वजनिक भएका हुन् ।

Biplaw

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाट समेत गरेका छन् ।

Biplaw 1

जिल्लाको पहाडी क्षेत्रबाट आज बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आइपुगेको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौं प्रस्थान गरेको प्रहरीले जनाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित एउटै मञ्चबाट वार्तामा भएका बुँदाहरु सार्वजनिक गर्ने कार्यक्रममा जान उनी नवलपुरको दलदलेबाट काठमाडौँ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७