१७ वर्षीया किशोरी १२ दिनदेखि किशोरी बेपत्ता


२१ फाल्गुन २०७७, शुक्रबार
21 Shares
Bepata
सांकेतिक तस्विर

तनहुँ, २१ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी १२ दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

खैरेनीटार माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत अस्मिता सुनार सम्पर्कविहीन भएकी हुन् । फागुन ९ गते राति ९ बजे घरको पछाडि भागबाट हामफालेर भागेको हुनसक्ने दाजु राजेश सुनारले जानकारी दिए । ‘घरको अगाडि भागबाट गएको भए घरपरिवार सबैलाई थाहा हुन्थ्यो’, उनले भने, ‘घरको पछाडि भागबाट हामफालेर गएकाले कसैले पनि थाहा पाउन सकेनौँ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बहिनी हराएपछि जानकारी पाएलगत्तै सम्भावित नदीनाला र आफन्त इष्टमित्र सबैतिर खोजतलास गरे पनि भेट्टाउन नसकिएको उनले बताए । उनीसँग मिल्ने साथीलाई बोलाएर सोधपुछ गर्दा पनि कुनै जानकारी हुन नसकेको उनले बताए ।

उनको स्वभाव अलि घमण्डी रहेको परिवारले बताएको छ । गहुँगोरी र रातो ज्याकेट लगाएको हुनाले भेट्नु हुनेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन समेत परिवारले आग्रह गरेको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७