ओरालो लाग्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२१ फाल्गुन २०७७, शुक्रबार
gold

काठमाडौं, २१ फागुन । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७