नर्मदेश्वरीको ‘यात्राका तरङ्ग’ सार्वजनिक


२१ फाल्गुन २०७७, शुक्रबार
book

काठमाडौं, २१ फागुन । साहित्यकार नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘यात्राका तरङ्ग’ पुस्तक लोकार्पण गरिएको छ ।

साहित्यकार नर्मदेश्वरी र डा. मदनप्रसाद सत्यालको विवाह भएको स्वर्ण वर्ष प्रवेशका अवसरमा विमोचित सो २४८ पृष्ठको पुस्तकमा देश विदेशका विभिन्न ठाउँमा भएका यात्रा प्रसङ्ग र साहित्यिक गतिविधिका २१ संस्मरण समावेश गरिएको छ ।

पारिवारिक वाताव)रणमा गरिएको कार्यक्रममा नौ वर्षीया प्रनिसा रेग्मी सभाध्यक्ष र डेढ वर्षीया सानिद्या केसीलाई प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो । पुस्तक चिकित्सकद्वय डा. प्रदीप के.सी. र डा. जया सत्यालद्वारा प्रकाशन गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७