विप्लवले गरे पार्टी नेताहरुसँग आन्तरिक छलफल


२१ फाल्गुन २०७७, शुक्रबार
biplaw meeting

काठमाडौं, २१ फागुन । नवलपरासीबाट काठमाडौं आइपुगेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राष्ट्रियसभाको औपचारिक कार्यक्रममा सहभागी हुनेअघि आफ्ना नेताहरुसँग आन्तरिक छलफल गरेका छन् ।

आज (शुक्रबार) नवलपरासी हुँदै शुक्रबार काठमाडौं आएसँगै उनले सरकारसँगको वार्ता टोलीका संयोजक समेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् ।

विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् । विप्लव औपचारिक रुपमा सार्वजनिक हुने मञ्च तयार भएको छ ।

राष्ट्रियसभा गृहमा तयार गरिएको मञ्चबाट सरकार र विप्लवबीच भएको सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ भने प्रधानमन्त्री केपी ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । बिहीबार सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७