प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा विप्लव


२१ फाल्गुन २०७७, शुक्रबार
Biplab kp sharma oli pmWYAr5jv3

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधामन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आज (शुक्रबार) नवलपरासीबाट प्रहरीको स्कर्टिङ्गमा स्कर्पियो चढेर काठमाडौँ आइपुगेका विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार जानुअघि महासचिव विप्लवले पार्टी प्रवक्ता एवं वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितका नेताहरुसँग बालुवाटार आन्तरिक छलफल गरेका थिए ।

बालुवाटारमा केहीबेरको भेटवार्तापछि प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह जाने कार्यक्रम रहेको छ । बिहीबार सरकार र विप्लव नेकपाबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न दिउँसो २ बजे राष्ट्रिय सभागृहमा ‘विशेष समारोह’ को आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री ओली र महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिहीबार बिहान भएको तीनबुँदे सहमतिलाई सोही दिन साँझ बसेको मन्त्रिपषिद् बैठकले अनुमोदन गर्दै विप्लव नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ । प्रहरी हिरासतमा रहेका नेकपाका नेताहरु पनि छुट्न थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७