प्रचण्ड–नेपालतिरै फर्किइन् माया ज्ञवाली


२१ फाल्गुन २०७७, शुक्रबार
fbbc2d75c55a298533fbd100897f420b w1000 h500 cp

काठमाडौं, २१ फागुन । नेतृ माया ज्ञवाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षमा नै फर्किएकी छन् ।

पार्टी विभाजनपछि उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् । उनी ओली समूहको भेलामा सहभागी भएकी थिइन् ।

दिवंगत जीवराज आश्रितकी पत्नी ज्ञवाली आज प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी भएकी छन् । ज्ञवाली गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद् बनेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७