एकै मञ्चमा प्रधानमन्त्री र विप्लव

काठमाडौं, २१ फागुन । प्रधामन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहको एउटै मञ्चमा सहभागी भएका छन् ।
बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका हुन् । राष्ट्रिय सभागृह जानुअघि प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच बालुवाटारमा छलफल भएको थियो ।