के छ सरकार–विप्लव समूहबीच भएको तीन बुँदे सहमतिमा ?


२१ फाल्गुन २०७७, शुक्रबार
thumb 3

काठमाडौं, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आज (शुक्रबार) राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्ता छन् सहमतिका तीन बुँदा
– दुवै पक्ष देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ ।
– नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको छ ।
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत मन्त्रीहरु उपस्थित छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

विप्लव समुहले खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक सम्मिलित वार्ता टोली बनाएको थियो । दुवै तर्फका बार्ता टोलीले वार्ता गरी बिहीबार सहमति गरेका थिए । सोही सहमतिलाई शुक्रबार विशेष समारोहका बीच हस्ताक्षर सहित सार्वजनिक गरिएको हो ।

हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराईले विगत एक बर्षदेखिको निरन्तरको प्रयास पछि वार्ता निष्कर्षमा पुगेको बताए । हस्ताक्षर समारोह आयोजित राष्ट्रियसभाहलको कार्यक्रम कक्ष स्वदेशी र विदेशी संञ्चारकर्मी र मन्त्री एवं नेताहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खचाखच भरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७