सहमतिभित्र ‘सुन्दर नेपाल’ बनाउने महान आकांक्षा लुकेको छ : विप्लव

‘सरकारसँग भएको तीन बुँदे सहमति पालनामा प्रतिबद्ध छौं’


२१ फाल्गुन २०७७, शुक्रबार
netra bikram chand biplab 1

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिभित्र ‘सुन्दर नेपाल’ बनाउने महान आकांक्षा लुकेको बताएका छन् ।

आज (शुक्रबार) राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’ मा सम्बोधन गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाइ समेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीको मात्र कुरा होइन,’ उनले थपे, ‘केही नेताहरुको कुरा मात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।

‘सरकारसँग भएको तीनबुँदे पालनामा प्रतिबद्ध छौं’
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएको बताएका छन् ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सहमतिमा प्रतिबद्ध भएकाले आशंका नगर्न आग्रह गरे । नेपाली समाजको रुपान्तरण पूर्ण नभएको उनको भनाइ छ । उत्पीडित समुदाय अझै सन्तृष्ट हुन नसकेको उनले बताए ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७