नेकपा संसदीय दलमा प्रचण्ड-माधव पक्षको ‘बहुमत’, प्रचण्ड दलको नेता


२१ फाल्गुन २०७७, शुक्रबार
prachanda madhav nepal jhalanatha khanal

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलमा प्रचण्ड–माधव पक्षको बहुमत पुगेको प्रचण्ड–माधव पक्षले जनाएको छ । शुक्रबार भएको दलको बैठकमा ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको सांसद कृष्णभक्त्त पोखरेलले जानकारी दिए ।

संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो।

बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताए। भने, ‘ओलीसँग गणपूरक संख्या पनि पुग्दैन ।यसले वैधानिकता पाओस् भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरेका छौं।’ यसअघि पुस ८ मा पनि प्रचण्डलाई संसदीय दलको नेता चुनेको थियो।

अध्यक्ष प्रचण्डलाई ९ पुस २०७७ मा दलको नेता चयन गरिएपनि सो समयमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले आजको बैठकले प्रचण्डलाइै फेरि दलको नेता चुनेको सांसद यज्ञराज सुनुवारले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७