यो विप्लवको सेफ ल्याण्डिङ हो, नेपाल शान्तिको युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री


२१ फाल्गुन २०७७, शुक्रबार
28 Shares
Photo 4 1

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले साहसिक ‘सेफ ल्याण्ड’ गरेको बताएका छन् ।

आज (शुक्रबार) सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा बोल्दै उनले भने, ‘यो फोर्सल्याण्डिङ, क्र्यास ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको पनि बताएका छन् । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशामा कोही नभएको उनले बताए ।

हिंसात्मक द्वन्द्व नभएको र शान्ति भएको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिपूर्ण राजनीतिमा आएको भन्दै विप्लवलाई बधाई र धन्यवाद पनि दिए । उनले विप्लवसँग रातारात सम्झौता नभएको पनि बताएका छन् ।

jagdamba.cement
rbbbb

‘रातारात होइन, वर्षौदेखि वार्ता चलिरहेको थियो । वार्ता नगरा बजाएर गरेनौं । गम्भीरताका साथ वार्ता गर्‍यौं’, उनले थपे, ‘८–१० वर्षअघि विप्लव र मेरो घण्टौं कुरा भएको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७