२०७७ फागुन २२ गते शनिबारको तपाईको राशिफल


प्रकाशित मिति : March 6, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भाग्यले विभिन्न अवसर जुराउने छ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईले संकल्पसिद्ध हुनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनमा कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको आगमन हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । आँटेको काम पनि पुरा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्च समेत बढ्ने योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउन ेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन पनि हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज शुभकार्यको चर्चा चल्ने छ । पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । लाभदायक यात्रा हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभारम्भको चर्चा चल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । अनुहारमा कान्ति छाउने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्