सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्किंदा चार जनाको मृत्यु


२२ फाल्गुन २०७७, शनिबार
senegal

काठमाडौं, २२ फागुन । पश्चिम अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्किंदा चार जनाको ज्यान गएको छ ।

सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा केही दिनयता लगातार प्रदर्शनहरु भइरहेका छन् । ४६ वर्षीय सोन्कोको रिहाइको माग गर्दै भइरहेको प्रर्दशनमा प्रहरीले बल समेत प्रयोग गरेपछि प्रदर्शन थप उग्र बनेको छ ।

सोन्कोमाथि बलात्कारको आरोप पनि लागेको छ । उनले आफूमाथिका आरोपहरु राजनीति प्रेरित रहेको बताएका छन् । पश्चिम अफ्रिकी मुलुककै अन्यन्तै शान्त मुलुक सेनेगलमा भड्किएको हिंसालाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै सबैलाई शान्त रहन आह्वान गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७