ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम जानु हुन्न : सचिवालय


२२ फाल्गुन २०७७, शनिबार
bamdev gautaam

काठमाडौं, २२ फागुन । पार्टी एकता अभियानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज (शनिबार) बस्न लागेको ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका छन् ।

ओली समूहको संसदीय दलको वैठकको पूर्व सन्ध्यामा शुक्रबार साँझ नेता गौतम भेट्न उनकै निवास (भैंसेपाटी) मा पुगेका प्रधानमन्त्री ओलीले बैठकमा आउन आग्रह गरेको समाचार बाहिरिएपछि गौतमको सचिवालयले यसको खण्डन गरेको हो । गौतमको निजी सचिवालय स्रोतले भन्यो, ‘उहाँ बैठकमा जानु हुन्न ।’

शुक्रबार साँझको भेटमा प्रधानमन्त्री ओली र नेता गौतमबीच सञ्चो–बिसञ्चोलगायत व्यक्तिगत कुराकानी मात्र भएको गौतमको सचिवालय स्रोतले बताएको छ । प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज (शनिबार) ओली समूहको संसदीय दलको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास (बालुवाटार) मा दिउँसो २ बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७