पाटनबाट चोरिएर अमेरिका पुर्‍याइएको ऐतिहासिक मूर्ति राजदूत खतिवडालाई हस्तान्तरण


२२ फाल्गुन २०७७, शनिबार
1 3 1536x1373 1

काठमाडौं, २२ फागुन । अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’ (लक्ष्मी नारायण) को मूर्ति हस्तान्तरण गरेको छ ।

राजदूत डा. खतिवडालाई वासुदेव–कमलाजाको मूर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबीआइका उपसहायक निर्देशक टिमोथी एन डनह्यामले दूतावासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

३६ वर्षदेखि हराइरहेको मूर्ति टेक्सास राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो । त्यसपछि पुरातत्वका अध्येताहरूले अन्तर्राष्ट्रिय तहमा सरोकार राख्न थालेका थिए ।

चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो । तर त्यसका लागि संग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन मागेका थिए । उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६ ) साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरिरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७