प्रधानमन्त्रीले भोलि कोरोना खोप लगाएर दोस्रो चरणको अभियान

भोलि पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप नेपाल आउँदै


२२ फाल्गुन २०७७, शनिबार
Korona khop pm

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा खोप लगाउने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले जानकारी दिए । प्रधानमन्त्रीले खोप लगाएसँगै ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउने अभियान शुरु हुने जनाइएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । शनिबार युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा आइतबार कोरोना खोप नेपाल आइपुग्ने जनाकारी दिएका हुन् ।

कोभ्याक्स सुविधाअन्तर्गत आइतबार आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७