भारतमा एकै दिनमा थप १८ हजार नयाँ संक्रमित, १०८ को मृत्यु


२२ फाल्गुन २०७७, शनिबार
india korona

नयाँदिल्ली, २२ फागुन । कोरोना भाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरुले जनाएका छन् । कुल सङ्क्रमितमध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुका अनुसार यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परिक्षण गरिएको छ ।

ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ । भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७