फोटो पत्रकार वन्तलाई ‘बेष्ट डेव्यू मेल मोडल’ अवार्ड


२२ फाल्गुन २०७७, शनिबार
Pro Ktm Model Songs Award 2

काठमाडौं, २२ फागुन । फोटो पत्रकार प्रदीपराज वन्तले ‘बेष्ट डेव्यू मेल मोडल’ अवार्ड हात पारेका छन् । मोडल संघ नेपालद्धारा काठमाडौंमा आयोजित दोस्रो मोडल संघ अवार्ड–२०७७ फोटो पत्रकार प्रदीपराज वन्तले पाएका हुन् ।

स्वीजरल्याण्डमा बसेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार नवराज घिमिरेको शव्द–संगीत तथा गायक विनोद दनुवारको स्वरमा रहेको ‘परदेशीको कर्म’ बोलको लोकगीतको म्यूजिक भिडियोमार्फत परदेशी नेपालीले भोग्ने दुःख पीडामा आधारित कथामा उत्कृष्ट अभिनय गरे वापत ‘डेव्यू मेल वेष्ट मोडल’ को रुपमा वन्तले सो अवार्ड पाएका हुन् ।

Pro Ktm Model Songs Award 1

उक्त गीतको म्यूजिक भिडियोमा वन्तलाई मोडल तथा नायिका सोनाम केसीले श्रीमतीको भूमिकामा साथ दिएकी छिन् । उक्त गीतको छायाँङ्कन तथा निर्देशन नविनबाबु गुरुङले गरेका हुन् भने सहायक निर्देशनमा रेजिना तुलाधर रहेकी छिन् ।

भिडियो सम्पादन नविन निरौलाले गरेका छन् । फोटो पत्रकार वन्त विगत १३ वर्षदेखि सक्रिय रुपमा राष्ट्रिय समाचार समिति (रासस) मा सिनियर फोटो पत्रकारको रुपमा काम गर्दै आएका छन् । उनी राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल को महासचिव पनि हुन् ।

वन्तले विगत १२ वर्षदेखि सिजन मिडयामार्फत निरन्तर रुपमा देश–विदेशमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । फोटो पत्रकार वन्तकोे गीतकार हरिगोपाल प्रधानको ‘यो मुटुमा’ र गीतकार सन्तोषजंग थापाको ‘थाहा छैन’ बोलको गीतमा अभिनय रहेको गीति भिडियोहरु छिट्टै बजारमा आउँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७