भोजपुरका रत्न र नविनको जोडीलाई उपाधि


२२ फाल्गुन २०७७, शनिबार
ratna jit ra naksala tamang

भोजपुर , २२ फागुन । नेपाल नम्वर एक भोजपुरका रत्नजित तामाङ र नविन श्रेष्ठको जोडीले प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् ।

रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१–१८ र २१–८ को सहज जित निकाल्दै उपाधि जित्न सफल भएका हुन् । बिजयी जोडीले नगद ५० हजारसँगै ट्रफी प्राप्त गरे । यस्तै उपबिजेता टोलीले नगद ३० हजार तथा तेस्रो भएको जोडीले १५ हजार प्राप्त गरे ।

MB2A9067

भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फ पाँचथरका दिवस शंकरले आफ्नै जिल्लाका एशिया जवेगु माथि २२–२०, १९–२१ र २२–२० को सघर्षपूर्ण जित निकाल्दै उपाधि जिते । महिलातर्फ नेपाल नंम्बर एक भोजपुरकी नङ्सलदेवी तामाङले उपाधी चुमिन् ।

निकै नै प्रतिस्पर्धात्मक खेलमा तामाङले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सिमा राजवंशीमाथि २१–१८, १८–२१ को एक एकको बराबरीको खेल खेल्दै निर्णायक खेलमा १५–२ ले पछि परेको अवस्थामा अस्वस्थ भई सिमाले खेल त्यागेपछि नङ्सले उपाधि जितेकी हुन् । गल्र्स यु–१७ तर्फ मोरङकी रोज पाण्डेले सुनसरीकी सृष्टी चाम्लिङ राईलाई २१–१२ र २१–१७ ले पराजित गर्दै उपाधि जितिन् ।

MB2A8999 1

ईजतर्फ इटहरी ब्याडमिन्टन क्लबका भोजबहादुर गुरुङले सुनसरीका सत्यम सुब्बामाथि २१–१०, २३–२१ को जित निकाल्दै उपाधि जिते । यु १३ गल्र्सतर्फ निमा तामाङ पहिलो र उपमाम खड्का दोस्रो हुदा ब्वाईजतर्फ मिबुङ राई पहिलो र तयाबुङ राई दोस्रो भए ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, पौवा गुम्बाका अध्यक्ष किरण राई, प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्य लगायतले पुरस्कृत गरे ।

MB2A9053

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७