बार्सिलोना शीर्ष स्थानबाट दुई अंकको दूरीमा


२३ फाल्गुन २०७७, आईतवार
thumb 4

काठमाडौं, २३ फागुन । १८ वर्षीय इलिक्स मोरिबाले क्लबका लागि पहिलो गोल गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार ओसासुनालाई २–० ले हराएको छ । यससँगै टोलीले शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।

जोर्डी अल्बाले लियोनल मेसीको पासमा पहिलो गोल गरे । मोरिबाले पनि मेसीकै सहयोगमा दोस्रो गोल थपे । बार्सिलोनाको अब २६ खेलबाट ५६ अंक भएको छ । शनिबारका अन्य खेलमा रियल भालाडोलिडले गेटाफेलाई २–१, एल्चेले सेभियालाई २–१ र काडिजले आइबरलाई १–० ले हराए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७