अमेरिकाले बेरोजगार भत्ता दिने, १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित


२३ फाल्गुन २०७७, आईतवार
Biden in White house day first

काठमाडौं, २३ फागुन । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि राष्ट्रपति जो बाइडनले ल्याएको राहत प्याकेज सम्बन्धी विधयेक पारित भएको हो ।

सिनेटका सबै रिपब्लिकन सिनेटरले विपक्षमा मत दिए पनि राहत योजना पारित भएको हो । बाइडनकै पार्टी डेमोक्र्याटको नियन्त्रण रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले मंगलबार विधेयक पारित गर्ने अनुमान गरिएको छ ।

बाइडन प्रशासनको नयाँ योजना अनुसार सेप्टेम्बर ६ सम्म बेरोजगार भत्ता दिइने छ । सो भत्ता हप्ताको ४ सय डलरबाट घटाएर ३ सय डलर बनाइएको छ । राष्ट्रपति जो बाइडनले चुनावमा आफूले वाचा गरे अनुसार अमेरिकी जनतालाई सहयोग गर्ने मार्गमा सिनेटले विधेयक पारित गर्नु ठूलो फड्को रहेको बताए ।

विश्वमै सबैभन्दा बढी कोेरोना प्रभावित अमेरिकामा पाँच लाख २३ हजार बढीको मृत्यु र दुई करोड ९० लाख बढी संक्रमित छन् । महामारीका कारण अमेरिकी अर्थतन्त्र नराम्ररी प्रभावित हुँदा बेरोजगारी दर ६ दशमलब २ प्रतिशत पुगेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७