‘मिस नेपाल’ बन्न सिंगापुरदेखि नेपाल


८ फाल्गुन २०७४, मंगलवार
E40kWy4

काठमाण्डौं, ८ फागुन : १६ वर्ष सिंगापुरमा बिताएकी स्मृति पुर्जा मिस नेपाल बन्ने धोको बोकेर नेपाल आएकी छन्। सेतो सर्ट, नीलो पाइन्ट अनि अग्लो स्यान्डलमा सोमबार होटेल अन्नपूर्ण परिसरमा भेटिएकी उनी मिस नेपाल–२०१८ का लागि अडिसन दिन पालो कुरिरहेकी थिइन् ।E40kWy4

आफ्नो उचाइमापन गराउन स्यान्डल खोल्दै उनले भनिन्, ‘मिस नेपाल बन्ने मेरो सानैदेखिको सपना हो । मिस नेपालमा अडिसन दिन दुई–तीन वर्षदेखि तयारी गरिरहेकी छु । पूर्व मिस नेपालहरूको जीवनशैली, उनीहरूको काम र समाजमा उनीहरूको क्रेजले ब्युटी पेजेन्टमा सहभागी हुन मन लाग्यो ।’ मगर समुदायको प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिन आएकी स्मृति अहिले २३ वर्षकी भइन् । मिस नेपालमा सहभागी हुन पाँच फिट चार इन्च उचाइ चाहिने भए पनि उनी पाँच फिट सात इन्च अग्ली छन् । उनीजस्तै सपना बोकेर अडिसनका लागि विभिन्न पेसा र व्यवसाय अनि समुदायका युवतीहरू यहाँ आफ्नो भाग्य आजमाउन आइपुगेका थिए ।

पुर्जा जस्तै अडिसनकी अर्की सहभागी रोज चौधरी थारू समुदायबाट आएकी थिइन् । सुनसरीकी रोजको पनि सानैदेखि मिस नेपाल बन्ने सपना रहेछ । ‘मिस नेपाल प्रतियोगिताले नारीलाई अगाडि बढ्न मद्दत गर्छ’, उनले भनिन् । आफूलाई नयाँनयाँ ठाउँ घुम्न, नयाँ मानिससँग भेट्न, कुरा गर्न रमाइलो लाग्ने बताउने रोज तीनरचार वर्षदेखि मोडलिङमा सक्रिय छिन् ।
आकर्षक पहिरन र मेकपमा सजिएर आएका सहभागीको भीडमा बिना मेकअप अडिसन सकाएर बसेकी थिइन् पाँच फिट ६ इन्च अग्ली सायरा लामा।

‘किन मेकअप नगरी आएको ?’ अडिसनमा उनलाई गरिएको पहिलो प्रश्न सुनाउँदै सायरा खिस्स हाँसिन्। धनकुटा निवासी सायरा नृत्य गर्न र बास्केटबल खेल्न मन पराउँछिन् । बिहानैदेखि अडिसनका लागि आफ्नो पालो कुरेर बसेकी ब्ल्याक वान पिसमा आएकी मीरा कक्षपति भने कस्ता प्रश्न सोधिएलान् भनेर चिन्तित देखिन्थिन् । तर, अडिसन कक्षमा छिर्ने्बित्तिकै ‘तिमी कति नक्कली’ भन्दै जजहरूले सहज वातावरण बनाइदिएपछि उनी खुसी भइन् ।miss nepal 5a8bb381cf04b2.70298154

अडिसनमा अरूभन्दा अग्ली देखिइन् पाँच फिट ९ इन्चकी प्रिया सिग्देल। मिस नेपाल व्यक्तित्व विकासको राम्रो प्लेटफर्म भएको बताउने प्रिया मिस नेपाल हुन चाहिने मापदण्डमा सहमत छिन् । भन्छिन्, ‘सुन्दरतालाई हामी कसरी बुझ्छौं त्यसमा भर पर्छ ।’ अर्की सहभागी प्रियादर्शनी श्रेष्ठ नयाँ अनुभव बटुल्न मिस नेपालको अडिसनमा आएको बताउँछिन् । देशको राजनीतिक अवस्थाबारे अञ्जान प्रियादर्शनी भन्छिन्, ‘राजनीति विषयको प्रश्न साधियो भने मलाई केही थाहा छैन ।’ ‘मिस नेपालमा धेरै नयाँ कुराको सुरुवात भएकोमा खुशी लाग्छ’, उने थपिन् । संगीत र गायनमा रुचि भएकी प्रियादर्शनीले नेपाल आइडलमा पनि सहभागिता जनाइसकेकी छन् ।
अडिसनमा सहभागी हुन आएका युवतीहरू धेरैजसो कुनै न कुनै पेसामा आबद्ध थिए । न्यु शाह १९ वर्षको उमेरमा उद्यमी बन्ने दौडमा छिन् ।

आफ्नै प्रयासमा मर्कन्टाइल कम्पनी खोल्न लागेकी न्यूले आफ्नो काम अघि बढाउन मिस नेपाल राम्रो अवसर भएको धारणा राखिन् । कतिपय सहभागी निकै तयारीका साथ आएका थिए भने कतिपय बिना तयारी आएका थिए । त्यहीँ भेटिएकी २३ वर्षीया वर्षा श्रेष्ठले भनिन्, ‘मिस नेपालको प्रतिस्पर्धाका लागि छानिए मेहनत गर्छु । तर नछानिए पनि केही गुनासो छैन ।’ मिस नेपालको अडिसनमा मिस नेपाल २०१४ सुविन लिम्बू, कोरियोग्राफर रचना गुरुङ शर्मा, हिडेन ट्रजरका गोपाल कक्षपती, डिजाइनर सुविन क्षत्री र पूर्व्मिस नेपाल माल्भिका सुब्बा निर्णायक थिए ।

यसअघि देशका विभिन्न आठ ठाउँमा अडिसन भइसकेको छ । यो वर्ष झापा, धरान, बुटवल, पोखरा, वीरगन्ज, बुटवल, नेपालगन्ज र धनगढीमा अडिसन गरिएको छ । यी स्थानमा सयभन्दा बढी सहभागीले अडिसन दिएका थिए । देशका विभिन्न स्थानको अडिसनपछि राजधानीमा अन्तिम अडिसन लिइएको हो अडिसनमा सहभागी भएका यिनै युवतीहरूबाट मिस नेपाल– २०१८ मा अन्तिम प्रतिस्पर्धाका लागि २५ जना युवती छानिने छन् । यस वर्ष पनि बन्द क्याम्पमा कोरियोग्राफर रचना गुरुङले सहभागीलाई प्रशिक्षण दिँदैछिन्। प्रतियोगिताको अन्तिम भिडन्त चैत २८ गते होटेल अन्नपूर्णमा हुनेछ ।

हिडेन टिजरका निर्देशक प्रमोद कंसाकारका अनुसार एक सय ५० जनाले मिस नेपाल २०१८ को अडिसनका लागि फाराम भरेका छन् । सोमबार दिनभर एकभन्दा बढी युवतीले अडिसन दिएका छन् । ‘मिस नेपाल बन्न कुनै विशेष प्रतिभा चाहिँदैन, सामान्य प्रश्नउत्तरमा पास भएमा उनीहरूलाई हामी आफै तालिम दिन्छौं’, उनले बताए । मिस नेपालका विजेताले मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ र मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने खबर अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७