सशस्त्र प्रहरी अस्पतालमा गृहमन्त्री थापाले लगाए कोरोना खोप


२३ फाल्गुन २०७७, आईतवार
badal

काठमाडौं, २३ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

आज (आइतबार) बिहान गृहमन्त्री थापाले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोना खोप लगाएका हुन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आइतबार विहान त्रिवि शिक्षण अस्पताल पुगेर कोरोना खोप लगाएका छन् । आइतबारबाट सुरु हुने प्रतिनिधि सभाको सातौँ अधिवेशनमा सहभागी हुनका लागि कोरोना खोप अनिवार्य गरिएको छ ।

यसअघि सांसदहरुले कोरोना खोप लगाइसकेका छन् । प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७