बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


प्रकाशित मिति : March 7, 2021
फाइल फोटो

काठमाडौं, २३ फागुन । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज (आइतबार) साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ ।

तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्