काठमाडौं आइपुग्यो कोभ्याक्स सुविधाको तीन लाख ४८ हजार डोज कोरोनाको खोप


२३ फाल्गुन २०७७, आईतवार
korona khop 2

काठमाडौं, २३ फागुन । कोभ्याक्स सुविधामार्फत् नेपाललाई कोरोनाविरुद्धको खोप प्राप्त भएको छ । आज (आइतबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।

कोभ्याक्सले दिने एक करोड ३० लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज आज आइपुगेको हो । बाँकी खोप विभिन्न चरणमा कोभ्याक्सले उपलब्ध गराउने जनाइएको छ । कोभ्याक्सले अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको हो ।

हाल सोही खोप नेपालमा प्रयोग भइरहेको छ । आजैबाट खोपको दोस्रो चरणको अभियान शुरु भएको छ । आजबाट १० दिनसम्म पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणको ११ औं दिनदेखि ५५ वर्षभन्दा माथिकालाई खोप दिइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७