प्रचण्ड–नेपाल पक्षले संसदलाई दियो संसदीय दलको नेता परिवर्तन गरेको जानकारी


२३ फाल्गुन २०७७, आईतवार
Bharat1615105842

काठमाडौं, २३ फागुन । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन् ।

आज (आइतबार) दिउँसो प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयका महासचिव डा. भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर आफूहरुले नेकपाको संसदीय दलको नेताबाट ओलीलाई हटाई उक्त पदमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको जानकारी गराएका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वमा आफूहरु महासचिव पौड्यालको कार्यकक्षमा पुगेर सो कुरा जानकारी गराएका नेकपा सांसद गणेश पहाडील बताएका छन् । प्रचण्ड–नेपाल पक्षले शुक्रबार ओलीलाई संसदीय दलको नेताबाट हटाई सो पदमा प्रचण्डलाई चयन गरेको थियो ।

९० जना प्रतिनिधि सभा र २४ जना राष्ट्रिय सभाका सांसद गरी आफूहरु ११४ जनाको संख्यामा रहेको महासचिवकै कार्यकक्षमा उपस्थित सांसद उपस्थित रहेको सांसद दीपकप्रकाश भट्टले जानकारी दिएका छन् । नेताहरुले आफ्नो पार्टीका निर्णयहरु जानकारी गराएपछि महासचिव पौड्यालले आफूले त्यसबारे सचिवालयको कानूनी शाखासँग परामर्श गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७