नेकपाको नाम विवाद : ऋषि कट्टेलको पक्षमा फैसला


२३ फाल्गुन २०७७, आईतवार
sarbochha 1

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।

निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखी निर्वाचन आयोगमा पेश गरेका थिए ।

त्यसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७